arrow

गृहमन्त्रीलाई पीडितको पत्र, जो माओवादीको धम्कीका कारण भोट हाल्न जान पाएनन्, यस्तो छ पत्र 

logo
प्रकाशित २०७४ असार २१ बुधबार
janardan-sharma.jpg.jpeg

तौलिहवा । कपिलबस्तुका एक पीडितले गृहमन्त्रीलाई पत्र लेखेर आफ्नो पीडा पोखेका छन् । पीडितले शान्ति सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 
लामो चिठी लेख्दै कपिलबस्तुका संजय पन्थीले भूमाफियाले आफ्नो परिवारलाई डर, धाक र त्रास देखाइरहेकोसमेत जनाएका छन् । उनले आफ्नो परिवारले असुरक्षा महशस गरिरहेको भन्दै सुरक्षा दिनसमेत आग्रह गरेका छन् । 
यस्तो छ पत्र –
मन्त्रीज्यू, 
तपाईले मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिइरहँदा देशको दुरदराजमा रहेको हाम्रो परिवारले असुरक्षित महशुस गरिरहेको छ । सरकार र गृहमन्त्रीसम्मको पहँुच देखाएर भू–माफियाले हाम्रो परिवारलाई डर, धाक र त्रास सहन वाध्य बनाइरहेका छन् । उनीहरुको धम्कीका कारण असार १४ मा सम्पन्न निर्वाचनमा म मतदान गर्न जिल्ला पुग्न सकिन । धम्की दिनेहरु तपाईका पार्टी निकटका व्यक्ति रहेकोले रहकोले निर्वाचन पश्चात् संचार माध्यम मार्फत यो पत्र प्रेषित गर्न बाध्य छु । 
निर्वाचनको परिणामले देशमा उल्लासमय वातावरण रहे पनि हाम्रो परिवार भने यतिवेला मानसिक त्रासमा बाच्न बिवश छ । अन्यायको पराकाष्ठमा देशमा शान्ति सुरक्षा र अमन चैन छ, भनेर खैं कसरी विश्वस्त हुनु मन्त्री ज्यू ?
मन्त्री ज्यू, 
हाम्रो परिवार एक शताब्दीदेखि कपिलवस्तु जिल्लाको (हाल नवघोषित वाणगंगा नपा–८)  बन्डौली भन्ने गाउ“मा बस्दै आएको हो । राजनैतिक आवद्धताका हिसाबले हाम्रो परिवार पंचायतविरुद्ध आन्दोलनमा सक्रिय सहभागी भएको विगत छ । त्यसको साक्षी जिल्लाका स्थानिय वासिन्दा र परिवार छन् । त्यस वस्तीमापुरानो परिवार भएकोले यहां हाम्रो पैत्रिक सम्पत्ति रहेको छ । 
तर त्यही सम्पत्तिमा पंचायतले ०२७ सालसम्म सरकारलाई तिरो तिरेको जमिन राजनैतिक आस्थाका कारण पूर्वाग्रह राखेर जग्गाको स्वामित्वमा विबाद सिर्जना गरिदियो । सरकारस“ग उक्त जग्गा प्रमाणसहितको हक दाबी गर्दैं ०४२ सालदेखि अहिलेसम्म न्यायको लडाईमा छ । 
अहिले त्यही जग्ग्गा कव्जा गर्न तपाईको पदको हवाला दिदै स्थानिय भू–माफिया विकास निर्माणको प्रपञ्च रचेर प्रशासनको आडमा सक्रिय छन् । भू–माफियाले धेरै पटक उक्त विबादको जग्गामा आखा“ गाड्दै आएपनि यस पटक सरकारसम्मको पहुच बनाएर लागि परेका छन् । तपाई देशको गृहमन्त्री भैरहदा भू–माफिया जग्गा कव्जा गर्न सक्रिय भएका छन् । 
उक्त गिरोहको पहुच तपाईसम्म रहेको सुन्नमा आएको छ । त्यसैले प्रशासनले हाम्रो उजुरीलाई वेबास्ता गर्दैं आएको छ । किनकी भू–माफियाले पार्टी कार्यकर्ताको आवरणमा सबै तह र तप्कामा सेटिंग मिलाएका छन् । पछिल्ले पटक तपाईको पद उनीहरुका लागि ओत लाग्ने साहाराबन्न पुगेको छ । 
भू–माफिया गिरोहले एकातिर राज्यकोषको दुरुपयोग गरेका छन् ।  भने अर्कातिर भू–स्वामित्व वहन गर्ने तयारीमा छन् । यदि साँच्चै सरकारले सुकुम्वासी पहिचान गरेर दिन लागेको हो भने सबैभन्दा पछिल्लो सुवेदी अध्यक्ष रहेको सुकुमवासी समस्या समाधान आयोगको तथ्यांक अनुसार ८ लाख २२हजार त्यस्ता परिवार छन् । ती सबैका लागि सरकारले यसरी नै जग्गा उपलव्ध गराउन सकोस् ।
त्यतिबेला हाम्रो परिवारले सोच्ने छौं । तर विकासको नाटक रचेर भू–माफियाले बनाउने सडक निर्माण राज्य सहयोगी बनीदेओस् भन्ने आग्रह पनि छ । यदि त्यस्ता कार्यमा बजेट निकासा गरिन्छ, भने त्यो दुरुपयोग हो, साथैं समाजका लागि त्यो राज्य पोषित हिंसा हो ।
जिल्ला विकास समितीले माथिको निर्देशन भन्दै उक्त वजेट विधी प्रक्रियाका लागि गैर स्थानिय व्यक्तिको अध्यक्षतामा उपभोक्ता समिती बनाएर बजेट निकासा गरिदिएको छ । उक्त अबैध कार्य बारेमा जानकारी गराउदा पनि जिविसले ठेकदारलाई रकम निकास दिदै आएको छ । ठेकेदार र भू–माफियाको कमिसनमा स्थानिय प्रशासन समेत अनुग्रहित भएको छ । भू–माफिया सहितका ठेकेदार समहले निकासी बन्देज रहेको अवस्थामा नजीकको श्रृंगीघाट खोलाबाट बालुवा र मिस्कट निकाल्न घुमुवा प्रहरीलाई नजराना बुझाएको खुल्न आएको छ । 
उक्त अवैध कार्य विरुद्ध स्थानिय निकाय, प्रशासन र प्रहरीलाई जानकारी सहित लिखित उजुरी गर्दा समेत सबै निकाय मौन छन् । ठेकेदारहरुले सबै तहमा सेटिंग मिलाएका छन् । प्रशासनका अनुसार उक्त समुहको कार्य र निकासी नरोक्नमाथिको आदेश आएको छ, भन्ने विश्वस्त सुत्रबाट सुन्नमा आएको छ । 
उक्त समुहले पनि सबै निर्वाचन परिणाममा मस्त रहेको मौका छोप्दै प्रशासनको मांैन सहमतीमा अबैधानिक ठेक्का कार्यलाई निरन्तरता दिएको छ । उक्त अवैध कार्यका विरुद्ध उजुरी गर्नै म र मेरो परिवारलाई सत्ताको पहुच देखाउदै ठेकेदारले ललकार्दैं हुज्जत गर्दा पनि सहेर बस्न बाध्य हुनु परेको छ । 
उक्त गतिविधि बारेमा प्रशासनमा जानकारी गराउ“दा समेत मौन बस्नुलाई कसरी बुझ्ने, मन्त्री ज्यू ?
मन्त्री ज्यू, तपाईका पार्टी निकटका केही व्यक्तिको गैर कानुनी र धाक धम्कीपूर्ण कार्य कहिलेसम्म निरन्तरता....? यस्तो अवस्थामा तपाई समक्ष आईपुग्ने माध्यम र साधन पनि नभएकोलेसंचार माध्यम मार्फत तपाईलाई यो गतिविधीको जानकारी गराउदैं छु । 
पूर्व प्रम प्रधानमन्त्री पुष्पकमल दाहालका राजनैतिक सल्लाहकार बलदेव खनाल (कपिलवस्तुवासी) ले जिल्लामा रकमान्तर गरी पठाएको करिब ५ करोड रुपैया“ भू–माफियाको हातमा पुगेको छ । पूर्व प्रमका राजनैतिक सल्लाहकार खनालज्यूले सरकारबाट जाँदाजाँदै माथिदेखि तलसम्म सेटिंग मिलाएर निकासा गरिदिएको उक्त रकमबाट उल्लेखित काम भैरहेको छ । जिल्लामा उक्त रकम दुरुपयोग भएको छ ।निर्वाचन परिणाम आ–आफ्ना पक्षमा आउने आशामा रहेका दलहरुले उक्त रकम दुरुपयोगको खुलेर विरोध गर्ने आ“ंट गर्न नसकेका हुन् । 
मन्त्री ज्यू, उक्त रकमबाट बैधानिक प्रक्रिया प्रक्रिया पुरा नगरी जिल्लामा विकास निर्माणका नाममा ठेक्का भएको छ । स्थानिय निकाय चाहेर वा नचाहेर उक्त अवैध कार्यको सहयोगी बन्न पुगेको छ । स्थानिय निकायका कर्मचारीका अनुसार सल्लाहकार खनालको ठाडो निर्देशनमा उक्त रकमको ठेक्का भएको छ । भू–माफियासंगको मिलोमतोमा माओबादी कार्यकर्ता चेत नारायण भण्डारी नाम गरेका व्यक्तिलाई सडक निर्माणको ठेक्का दिइएको छ ।
मन्त्री ज्यू, तपाईले प्रहरी प्रशासनमा आफूले राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता गरिरह“दा पार्टी निकट कार्यकर्ताको ज्यादती रोक्न वेवास्ता गरेको देखियो । देशमा शान्ति सुरक्षा प्रत्याभूती गराउन आफूले सक्दो पहल गर्ने बताएपनि दलनिकट कार्यकर्ताको ज्यादती समाजमा जारी छ । त्यसैको उदाहरण हो, मेरो यो पत्र । 
मन्त्री ज्यू, मन्त्री भएपछि केही दिनअघि मात्र तपाईले “सिपाहीलाई अनुशासित बनाउदै राज्यको तर्फबाट सक्दो सहयोग गर्ने र प्रोत्साहन गर्ने योजना बनाउने नै छु ।” भन्नु भएको थियो । तर तिनै सिपाहीलाई तपाईका कार्यकर्ताले नाजायज कार्यका लागि उपयोग गरिरहँदा तपाईको प्रतिवद्धताको कसरी पालना भएको मान्ने ?
तपाई गृह मन्त्रालयको जिम्मेवारीमा आए लगत्तै केही उद्यत कार्यकर्ताले स्थानिय ठेक्का पट्टा र स्थानिय प्राकृतिक स्रोत साधन कब्जा गर्न तपाईको पदको दुरुपयोग गरिरहेका छन् । तपाईका कार्यकर्ताले गरेका कार्य अगाडी स्थानिय प्रशासन र सुरक्षा निकाय निरीह बन्ने गरेको छ । 
तपाईलाई भ्रष्ट कार्यकर्ताको हविगत जानकारी छवा छैन् ? उनीहरु स्थानिय प्रशासनसंग तपाई आफ्नो पार्टीको भएको र तपाईसंगको समवन्ध नजिक भएको देखाएर प्रशासनलाई आफ्ना गैर कानुनी विरुद्ध आँखा चिम्लिन बाध्यसमेत बनाउने गरेका छन् । तपाईको गरिमामय पद आफ्नो निहीत स्वार्थका लागि उनीहरुले उपयोग गरिरहेका छन् । त्यो पनि रारतारात धनी बन्न ।त्यस्तो अवस्थामा तपाईले प्रतिवद्धता गरेको शान्ति सुरक्षा सफल भयो भनेर खै कसरी विश्वास गर्ने ?
आफुहरुलाई प्रशासनले केही गर्न नसक्ने भन्दैं स्थानिय वस्तीमा डरधाक देखाउन उद्यत चरित्र प्रर्दशन गरेको उदाहरण प्रस्तुत गर्न अनुमति चाहन्छु । उक्त कार्यको स्थलगत अवलोकन् माओबादी केन्द्रका संसदको लेखा समितीका सभापति डो प्रसाद पौडेलले समेत अवलोकन गरेर फर्किएका छन् । राज्यको वजेट दलको स्वार्थ र भूमाफियाको चलखेलमा दुरुपयोग भएको छ । उनीहरु विरुद्ध स्थानिय प्रशासनमा उजुरी गर्दा जिल्लामा मौन बस्नुलाई मन्त्री ज्यु कसरी बुझ्ने ?
निर्वाचन आचार सहिंताको समेत माओबादी कार्यकर्ताले उलंघन गरेका कार्य विरुद्ध म र मेरो परिवारले अहिलेसम्म जिल्ला निर्वाचन कार्यलय, जिल्ला प्रशासन कार्यलय,जिल्ला विकास समितीमा लिखित उजुरी गर्दा सुनुवाई नहुनुलाई मन्त्री ज्यू, तपाईले देशमा शान्ति सुरक्षाको दावी गरिरहदा हाम्रो परिवार राज्य आतंकका रुपमा बुझ्न बाध्य छौं । 
मन्त्री ज्यू, तपाईले मुलुकको संवैधानिक कार्यभार पूरा गर्ने अभिभारा वहन गरिहदा आफ्ना निकट व्यक्तिलाई राज्य आतंक मच्चाउन छुट हो ? आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको तपाईको दाबीलाई हामीले कसरी बुझ्ने ? तपाईले संचार माध्यममा केहीदिन अघि मात्र ‘प्रहरी सङ्गठनको नेतृत्वका लागि तँछाडमछाड गर्दै नेताहरु कहा दौडने कुराको अन्त्य गर्ने छु ।’ 
तपाईले भनसुन गर्नेलाई कारबाही गर्नेछु, भन्नु भएको थियो । तर त्यसलाई व्यवहारमा ठीक उल्टो देखिदै छ । तपाईको निकटमा रहेका व्यक्तिहरुले जिल्ला जिल्लामा नाजायज फाईदाका लागि प्रशासनमा भनसुन गरिहेका छन् । जुन कुरा भन्न म र मेरो परिवार विबश छ । साथै तपाई गृहमन्त्री द्धन्दकालको भन्दा चरम हिंसात्मक चरम यतनासहितको अन्याय भन्दा राज्य आतंकको अन्याय सहन गर्न म र मेरो परिवार बाध्य छ, मन्त्री ज्यू ।
सञ्जय पन्थी
कपिलवस्तु

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ