arrow

ड्रोन क्यामेराको मद्धतले मुस्ताङमा गिद्धको अध्ययन सुरु

logo
प्रकाशित २०७४ असार २१ बुधबार
dron_mustang.jpg

मुस्ताङ । प्रकृतीको कुचिकार गिद्धको मुस्ताङमा आधुनिक प्रबिधिको प्रयोग गरेर अध्ययन सुरु भएको छ । ग्लोवल कलाईमेट नेटवर्क नेपाल र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गिद्धको अध्ययन, अनुसन्धान सुरु गरेका हुन् । 

अक्करे भिर र मानिस पुग्न नसक्ने ठाउँमा गुडँ बनाएर बस्ने गिद्धको अनुसन्धानका लागि ड्रोन क्यामेराको प्रयोग गर्न गृह मन्त्रालय र स्थानीय प्रशासनबाट अनुमती लिएको मोडिफिकेशन जोमसोमका अध्यक्ष निरज थकालीले बताए । 

लोपोन्मुख अवस्थामा रहेको गिद्धको बासस्थान क्षेत्रको पहिचान गरी संरक्षणका लागि सम्बद्ध निकायबाट पहल, स्थानीय बासिन्दा र विद्यार्थीलाई जागरुक बनाउने उद्देश्यले गरिएको अध्ययनको प्रतिवेदन सम्बन्धित निकायमा बुझाइने ग्लोवल कलाईमेट नेटवर्कका कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्यले बताए। 

मुस्ताङको बाह्गाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालीकामा गिद्धको बासस्थान खोजी गरीने जनाइएको छ । अनुसन्धानका लागि रुपथ फाउण्डेशन, ओरिन्टल वर्ड कल्व, आईडिया वाईल्ड, हुईट्ली वाईल्डलाईफ कन्जरभेसन ट्रस्टले सहयोग गरेका छन् । कालीगण्डकी कोरीडोर अन्तरगत पर्ने मुस्ताङको उपल्लो क्षेत्रमा मृतक मानिसको शव काटेर गिद्धलाई खुवाउने परम्परागत चलन समेत छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ