कपिलस्तु । स्थानीय तह निर्वाचन अन्र्तरगत् कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम लवनीमा सम्पन्न भएको छ । निर्वाचन अधिकृत गंगाराम आर्चाय गाउँपालिका प्रमुख स्वतन्त्र उम्मेद्धार निसार अहमद खां, उपप्रमुख नेपाली काँगे्रसकी शुधादेवी पाण्डे तथा ६ वडाका वडा अध्यक्ष सहित ३२ जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । गाउँपालिका प्रमुखका उम्मेदवार खाँ राजपाका कार्यकर्ता हुन् । तर, पार्टीको चुनावम सहभागी नहुने रणनीतिका कारण उनी स्वतन्त्र चुनाव लडेका थिए ।
शुद्धोधन गाउंपालिकाको वडा नं १ मा नेपाली काँगे्रसका तिलकराम यादव, २ नं वडामा संघीय समाजवादी फोरमका मनोज कुमार यादव, वडा नं ३ मा राष्ट्यि प्रजातन्त्र पार्टीका महवुद्धिन मुसलमान, वडा नं ४ मा नेपाली काँग्रेसका राम नरेश अहिर, वडा नं ५ मा स्वतन्त्र उम्मेद्धार असुतोष कुमार सिंह र वडा नं ७ मा स्वतन्त्र उम्मेदवार विजय कुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई गाउँपालिकाका कार्यकारी अधिकृत अनन्तपाणी मरासिनिले सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नव निर्वाचित प्रमुख खाँले गाउँपालिकाको विकासको लागि आफु सधै लाग्ने र जनताको सेवा गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा स्थानीय सरकारी निकायका कर्मचारी, राजनैतिक दल ,सुरक्षाकर्मी तथा स्थानीय गरी बाक्लो उपस्थिती रहेको थियो ।