बागलुङको रेशमा जीप दूर्घटना एककोे मृत्यु, ६ जना घाईते
नारायण रिजाल,
प्रकाशित २०७४ असार २२ बिहिबार
583
Shares
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा १ जना बच्चाको ज्यान गएको छ । दुर्घटनामा अन्दाजी ८ बर्षको बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।
उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनामा चालक सहित ६ जना यात्रु घाईते छन् । रेशबाट बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा स्थानीय मुक्तिराम थापा, लालबहादुर कार्की, सुमन थापा, प्रेम थापा, पार्वती कार्की र जीप चालक रोशन कार्की घाईते भएको बताइएको छ । मृत बच्चा घाईते पार्वती कार्कीको छोरा भएको बताईएको छ ।
घाईतेहरुलाई उपचारका बागलुङको धौलागिरी अञ्चल अस्पतालमा ल्याउँदै गरिएको जानकारी प्राप्त भएको छ । साविकको रेश गाविस वडा नम्बर–९ मा दुर्घटना भएको हो । जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको स्थानिय प्रत्यक्षदर्शी सविना शर्माले बताईन साघुरो बाटोमा चालक झरेर अगाडिको ढुंगा फाल्न जाँदा गाडि चिप्लीएर तल झरेको हुन सक्ने स्थानीयबासी बताउँछन । दूर्घटनापछि स्थानिय बासी र प्रहरीको उद्धारमा घाईतेलाई अस्पताल पठाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।