arrow

मतपरिणाममा काँग्रेस सुनसरीको सबैभन्दा ठूलो पार्टी, अहिलेसम्म बहुमत

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
congress-flag2.jpg

इनरुवा । सुनसरीको दशवटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यहाँका १२ स्थानीय तहमध्ये चार नगरपालिका र ६ गाउँपालिका गरी दश स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ भने दुई स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ । 

सार्वजनिक गरिएको दशवटा स्थानीय तहको मतपरिणामअनुसार दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका बेदनारायण गच्छदार र उपप्रमुखमा सुनिता दाहाल निर्वाचित भइसकेका छन् । त्यसैगरी, रामधुनी नपामा नेकाका जयप्रकाश चौधरी प्रमुखमा र नेकपा (एमाले)की सविता चौधरी उपप्रमुखमा, इनरुवा नपामा नेकाका राजन मेहता प्रमुख र जमुनादेवी गौतम पोखरेल उपप्रमुखमा विजयी भएका छन् । 

त्यसैगरी, बराह नगरपालिकामा एमालेका निलम खनाल प्रमुखमा र एमालेकै कमला मगर उपप्रमुखमा विजयी भएका छन् । भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका महेन्द्रप्रसाद यादव अध्यक्षमा र पुनमकुमारी मेहता उपाध्यक्षमा, बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी अध्यक्षमा र सङ्गीताकुमारी राय उपाध्यक्षमा, हरिनगरा गापामा नेकाका गफार अन्सारी मियाँ अध्यक्षमा र रिमझिमकुमारी भगत उपाध्यक्षमा र गढी गापामा नेपाली काँग्रेसका श्रीप्रसाद यादव अध्यक्षमा र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका छन्। 

कोसी गाउँपालिकामा नेकाका ऐयुव अन्सारी अध्यक्षमा र अनितादेवी यादव उपाध्यक्षमा तथा देवानगन्ज गापामा नेकाका लालीप्रसाद मेहता अध्यक्षमा र पुनीतादेवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् । यस जिल्लामा सार्वजनिक भएको मतपरिणामअनुसार नेकाका दुई नगर प्रमुख र चार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् भने एमाले एक नगर प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । नेकाले ६ स्थानमा र भोक्राहा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालको अध्यक्ष तथा बर्जु गाउँपालिकाको अध्यक्ष र दुहवी नगरपालिकामा प्रमुख नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विजयी भएका छन् । 

त्यसैगरी, बराह नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ । यहाँका ६ स्थानमा नेका, दुई स्थानमा नेपाल लोकतान्त्रिक फोरम, एक स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल र एक स्थानमा नेकपा (एमाले) अध्यक्ष र प्रमुख विजयी भएका छन् । यसैबीच, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ । धरानमा दुई दिनदेखि मतणना अवरोध रहेको छ । उता प्रमुखको मतगणना सम्पन्न नभए पनि विभिन्न वडामा भने वडाध्यक्षको परिणाम आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ