arrow

बिहीबारको मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
mantriparisad1.jpg.jpeg

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा  बिहीबार बसेको बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । 

यसैगरी बैठकले नेपाल सरकार र मित्रराष्ट्र चीन सरकार बीच ‘फिल्ड अफ रजिष्ट्रेशन एण्ड मार्केट इन्टिटिज’ विषयक समझदारीपत्रमा हस्ताक्षरका लागि उद्योग सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । रासस 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ