arrow

काँग्रेस भित्रको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेनः प्रवक्ता भुषाल 

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
Pampha-Bhusal.jpeg

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सरकारमै रहेको नेपाली काँग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएकिछिन् ।  रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको भन्दै यस्तो बताएका छन् । 

काँग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहेका छन् काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रिमण्डल विस्तार गर्ने पक्षमा नरहेको उनको भनाई छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उनले तेस्रो चरणको निर्वाचन पनि यहि सरकारले तोकिएकै समयमा गर्ने उनले बताईन् । 

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागी प्रक्रिया अघि बढाएकोले बाँकी निर्वाचनमा राजपाको पनि सहयोग समर्थन सहभागिता रहने उनको भनाई छ । उनले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनैपनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताईन् । उनले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरुबीच एकीकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी दिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ