arrow

मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरु

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
dang_district_map.png

दाङ । सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरु गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरेको बताए ।

प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा प्राप्त एक हजार पाँचवटा प्राप्त गरेको बताए । घोराहीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । 

अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताए । आठवटा फरक फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरु भएको अधिकृत केसीले बताए । 

कार्यालय स्थापना भएको अहिले एक महिना मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत सुरु गरेको उनको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ