arrow

संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
subash-chand-nembang.jpeg

इलाम। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताएका छन्। इलाम नगरपालिकामा  आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उनले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

पूर्वसभामुखसमेत रहेका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताए। मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई  पद तथा गोपनीयताको सपथ गराए। सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गरेका थिए।

वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराएका थिए। नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ