प्रधानमन्त्री देउवाले गरे बाढीग्रस्त क्षेत्रको निरीक्षण

प्रकाशित मिति : २०७४ असार २३ शुक्रबार

राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गरे।

सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा देउवाले जानकारी पनि लिएका थिए । एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो । रासस

सम्बन्धित समाचार

नयाँ