arrow

सुरक्षाको कारण देखाउँदै काठमाडौंमा सारिएको निशान १५ वर्षपछि फिर्ता

logo
प्रकाशित २०७४ असार २४ शनिबार
nishan.jpg

इलाम । सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि यहाँबाट काठमाडौँ सारिएको ऐतिहासिक महत्वको निशान पुनः यहीँ स्थापना गरिएको छ । 

नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रूपमा रहेको निशान विसं २०५९ वैशाख २६ गते श्रीनाथ पल्टनले आफूसँगै काठमाडौँ लगेको थियो । 

विसं १८७५ मा सुगौली सन्धिपछि इलाममा बसेको श्रीनाथ पल्टनले निशान लगेपछि इलामका स्थानीयवासीको लामो सङ्घर्षपछि जिल्लामा फर्किएको हो । 

शुक्रबार दिउँसो ठूलो  टुँडिखेलमा उतारेर वैदिक विधिअनुसार माईस्थान मन्दिर (पहिलो निशान राखिएको ठाउँ)मा राखिएको छ । 

सो समारोहमा सेनाका उच्च अधिकारी समेत सामेल भएका छन् । निशान राख्नका लागि रु १३ लाखको लागतमा पुरानो निशान घरको जीर्णोद्धार गरिनाका साथै माईस्थान मन्दिरमा तामाको छानो लगाइएको छ । 

एक सय ८५ वर्षसम्म निशान माईस्थान मन्दिरमा नै राखिएको थियो । इतिहासविद् युद्धप्रसाद वैद्य भन्छन्, “विसं १८७५ इलाममा राखिएको निशान श्रीनाथ पल्टनले आफ्नो गणमा लगेपछि लामो सङ्घर्ष गरेर फर्काएका छौँ, यो इलामको लागि ठूलो गौरवको विषय हो ।” नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रुपमा रहेको निशान फर्कनु इलामको लागि सौभाग्य भएको समेत उनको भनाइ छ । 

निशान सुरक्षाका लागि माईस्थान मन्दिरमा १०–१२ सैनिक टुकडीसमेत राखिने कालीध्वज गण इलामका गणपति प्रकाश लामिछानेले बताए । 

निशानको दैनिक पूजा गरिनेछ । निशानलाई शक्तिस्वरूप भगवतीका रूपमा पुज्ने चलन रहेको वैद्य बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ