arrow

एउटै  जिल्लामा दुई  जिल्ला समन्वय समितिको माग

logo
प्रकाशित २०७४ असार २४ शनिबार
nawalparasi_map_new.png

नवलपरासी, २४ असार । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् । 

नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन ।   नवलपुर क्षेत्रका आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली काँग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो । 

संविधानमा उल्लेखित विधान संशोधन मार्फत् छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताए । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताए । सकेसम्म छिट्टै यो विषयमा सरकारले निर्णय लिनुपर्ने लामिछानेले बताए । यस्तै नेकपा एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताए । 

यसैगरी माओवादी केन्द्र नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पुर्याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरे । सरकारमा रहेको दल भएकाले पनि आफूहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि घचघच्याउने नेताले जनाएका छन् । हाल राज्यपुनः सरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी ( परासी क्षेत्र ) लाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश न–५ मा राखिएको अवस्था छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ