arrow

ओलीले भने–अर्को संविधान संशोधन प्रस्ताव ल्याए एमाले तयार

logo
प्रकाशित २०७४ असार २४ शनिबार
KP-oli-talking-new.jpg.jpeg

विराटनगर  । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर पारित हुने गरी अर्को साझा प्रस्ताव ल्याउन भनेका छन् ।

झापाको दमकमा आयोजित एमालेको विजयी सभामा सहभागि हुन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष ओलीले पारित हुने गरी अर्को प्रस्ताव ल्याउने भए त्यस विषयमा छलफल गरी सहमति जुटाउन  एमाले तयार छ, भनेका हुन् ।

यस्तै, ओलीले सत्तापक्षले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्र विरोधी रहेकाले कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताएका छन् ।

२ नम्बर प्रदेशमा बलियो पकड बनाउन संविधान संशोधनको मुद्दामा एमाले केही लचक भएको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले स्थानीय तहको चुनाव नसकिएसम्म संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने बताए ।

ओलीले २ नम्बर प्रदेशमा स्थानीय निर्वाचन नसकिएसम्म संविधान संशोधनको नयाँ प्रस्ताव आउन नदिने र पास पनि नहुने जिकीर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ