arrow

दार्जिलिङमा फेरि तनाव : दुई युवा गोली लागेर ढले

logo
प्रकाशित २०७४ असार २४ शनिबार
darjiling_news1.jpg

दार्जिलिङ । नेपाली भाषी बहुल दार्जिलिङमा फेरि तनाव बढेको छ । तनाव बढ्दै गएपछि प्रर्दशनकारीमाथि सुरक्षाकर्मीले फेरि गोली वर्षाएका छन् । सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएको छ ।

सीआरपीएफको गोली लागेर सोनादामा शुक्रबार राति मात्रै स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो । भुटिया गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ता हुन् ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्वाका अनुसार सीआरपीएफले निहत्था युवाको हत्या गरेको हो । उनी बिरामी भाइलाई औषधि किन्न बजार जादै गरेका बताइएको छ ।

भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिन असान्त रहयो । कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बन्यो । भुटियाको हत्या घटनाको बिरोधमा तोडफोडमा उत्रिएकाहरुमाथि पनि सुरक्षाकर्मीले गोली प्रहार गरेका छन् । गोली लागेर थप एक युवाको मृत्यु भएको दार्जिलिङका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी–३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर  १२ बढी घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पश्चिम बंगाल सरकारले बंगाली भाषालाई अनिवार्य गरेपछि दार्जिलिङ निर्णय फिर्ताको माग गर्दै असान्त छ । हु्ँदा हुँदा आन्दोलनले छुट्टै गोर्खाल्याण्ड संघर्षको रुप लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ