arrow

राजपाका नेताले भने, ‘प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ’

‘संविधान संशोधन पारित गराउने प्रक्रिया सुरु भइसकेको छ’

logo
प्रकाशित २०७४ असार २४ शनिबार
Mahendra-Yadav.jpeg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले एक साताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छाड्ने चेतावनी दिएका छन् । राजपाको अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संसद छाड्ने चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता यादवले सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने बचन दिएको बताए । आफूहरु पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले भने, ‘एक हप्ताभित्र पनि संशोधन प्रस्ताव पारित भएन भने हामी संसद छोडेर आन्दोलनमा होमिन्छौं ।’

संविधान संशोधन हुन नसके १२ महिनासम्म सत्तारुढ गठबन्धनसाग गरेको वार्ता निरर्थक हुने उनले बताए । उनले भने, ‘सबै निरर्थक हुन्छ भने हामी सरकारमा किन बसिरहनु ? त्यसैले हामी सरकारबाट बाहिरिन्छौं ।’
संसदमा दर्ता भएको संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकोपछि एमालेले पास गर्छ भनेर आफूहरुलाई विश्वास नभएको बताए । उनले भने, ‘पहिलो पटक संशोधन गर्दा पनि एमालेले खासै रुचाएको थिएन तर, राष्ट्रिय पूर्न्निर्माण प्राधिकरणको लागि उसले बाध्य भएर पास गरेको हो ।’

नेता यादवले एमालेभित्र मधेसी र जनजाति नभएको समेत आरोप लगाए । उनले भने, ‘एमालेभित्र मधेी र जनजाति भएको भए उनीहरुको पक्षमा बोलिहाल्थे नि, खोई बोलेको नि ?’

एमाले नेता सत्यनारायण मण्डलले आफूहरु संशोधनको पक्षमा रहेको तर, अन्तर्वस्तुमा सहमति भए मात्र पारित गर्न सघाउन बताए । उनले भने, ‘एमाले संशोधनको बाधक होइन, हामी संविधान संशोधन प्रस्तावको अन्तर्वस्तुमा नयाँ सहमति भए प्रस्तावको पक्षमा मतदान गर्न तयार छौं ।’

सत्तारुढ कांग्रेसका सांसद महेन्द्र यादवले संविधान संशोधन एक हप्ताभित्र पास गराउने सरकारसाग पर्याप्त आधार रहेको प्रष्ट्याएका छन् । यादवले भने,’प्रधानमन्त्री शेरबहादुरजी चमत्कार गर्नुहुन्छ, उहाँले संशोधन प्रस्ताव पारित गर्नुहुन्छ, संशोधन पारित गराउने प्रक्रिया सुरु भइसकेको छ ।’

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सकेसम्म एमालेको समर्थनमा नभए दुई तिहाईलेसंशोधन प्रस्ताव पारित हुने जिकिर गरे ।

उनले एमालेकै कारण राजनीति अनिर्णयको बन्दी बनेको आरोप लगाए । साथै संविधान संशोधनमा मेरो गोरुको बाह्रै टक्का भनेर अडान नलिन पनि राजपालाई आग्रह गरे । उनले भने, ‘ तपाईहरुले भनेको हुबहु कुराहरु अहिले नै पूरा हुन्छन् भन्ने छैन, त्यसैले तपाईहरुपनि लचक हुनुपर्छ ।’

कार्यक्रममा राप्रपाका नेता दिलनाथ गिरीले संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ