arrow

सल्यानको त्रिवेणीमा बस दुर्घटना २ को मृत्यु २६ घाइते

logo
प्रकाशित २०७४ असार २५ आइतबार
Tribeni_Gaunpalika.png

काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा यात्रुबहाक बस दुर्धटना हुदा २ जनाको मृत्यु भएको छ। 

दाङ बाट रुकुम जादै गरेको ना ४ ख ५७४५ नम्वरको यात्रुबहाक बस दुर्घटना हुदा बसमा सवार २८ जना मध्ये २ को मृत्यु भएको र अन्य घाइते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।  मृत्यु हुनेमा सल्यान छड्केस्वरीका ५२ बर्षीय रातु खड्का रहेको र अर्का एकको सनाखत भइ नसकेको प्रहरीको भनाई छ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागी जिल्ला अस्पताल पुर्याइ सकेको प्रहरीले जनाएको छ। बस के कारणले दुर्घटना भएको हो त्यो भने खुल्न सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ