arrow

मनमोहन अस्पतालको विरोधमा यसरी सडकमा उत्रिए पीडित पक्ष (भिडियो)

logo
प्रकाशित २०७४ असार २५ आइतबार
monmohan_pidit.jpg

काठमाडौं । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले पत्थरी झिक्दा मृगौला निकालिएको विषयमा आइतबार प्रदर्शन भएको छ । पीडितलार्इ राहतको माग गर्दै  प्रदर्शनकारीहरुले अस्पताल प्रशासन अगाडि धर्ना समेत दिएका छन् ।  
 
उनीहरुले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पार्इँदैन, किड्नी चोर डाक्टर चाहिँदैन जस्ता नारा लगाएका छन् । नुवाकोट जिल्ला विदुर नगरपालिका १२ का ३२ वर्षीया शिवप्रसाद रिमालको पथ्थरी उपचारका क्रममा मृगौला झिकिएको विषयमा पीडित पक्षलार्इ राहतको माग गरी उनीहरु धर्नामा बसेका हुन् । रिमालको अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा यसबारे जानकारी गराएका थिए।

त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्वीकारेको थियो। रिमाल पत्थरीको अप्रेसन गर्न गत २५ जेठमा अस्पताल भर्ना भएका थिए। अप्रेसन गर्ने क्रममा चिकित्सकहरूले मिर्गौला निकालेको रिमाल परिवारले बताएको छ। घटना सार्वजनिक हुने डरले अस्पताल प्रशासनले विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती सम्झौतापत्रमा हस्ताक्षर गराएको रिमालका आफन्तले बताएका छन् । डा। गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ