arrow

उत्तर कोरियाद्वारा हाइड्रोजन बमको सफलतापुर्वक परीक्षण सम्पन्न !

त्यही समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
north-korea-nuclear-threat.jpg.jpeg
एजेन्सी । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको समाचार छ । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको समाचारमा जनाइएको छ । 
बुधबार बिहान ठीक १० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएको छ । उक्त परीक्षण सफल भएको सरकारी जानकारीपछि विश्वका नेताहरुको विभिन्न प्रतिक्रिया आएको छ । उनीहरुले निशस्त्रिकरणका लागि गरिएको आग्रहका विरुद्ध उत्तर कोरियाले आणविक परीक्षणलाई अघि बढाएको भन्दै विरोध गरेका छन् । 
 
दक्षिण कोरिया र जापानले आकस्मिक बैैठक डाकेका छन् भने अमेरिकाले २ त्यो परिक्षण सफल भयो कि भएन भन्ने बारे यकिन हुन २ दिनको समय लाग्ने बताएको छ। उक्त परिक्षणको समाचार पछि विश्वका  शक्ति राष्ट्रहरुमा तनाव बढेको छ। आफ्नो स्वाधिनतामा आँच नआएसम्म उत्तर कोरियाले आणविक हतियार नचलाउने सरकारी प्रेस रिलिजमा जनाएको छ। 
 
सो परीक्षणको समयमै कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का पनि महसुश गरिएको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले त्यसै समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरेको थियो । सोही बमको परीक्षणका कारण उत्पन्न भएको धक्काबाट पृथ्वीमा सो कम्पन आएको हो वा होइन भन्ने बारेमा भने उक्त संस्थाले केही बताएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ