आषाढ पूर्णिमामै किन मनाईन्छ गुरु पूर्णिमा, कसरी जन्मिए व्यास ? 

प्रकाशित मिति : २०७४ असार २५ आइतबार
तस्वीर : वेव

काठमाडौं । आषाढ पूर्णिमालाई हरेक साल गुरु पूर्णिमा मान्ने गरिएको छ । यस वर्षको गुरु पूर्णिमा आईतबार नेपाल तथा विश्वका हिन्दू धर्मालम्बीहरुले मनाएका छन् । यस पूर्णीमाको दिन शिष्यहरुले आफ्नो गुरुको पूजा गर्दछन् । तथा उनीहरुले गुरुहरुलाई विभिन्न मिठाई तथा उपहारहरु समेत दिने गर्दछन् । 

पछिल्लो समय भारतमा ५ डिसेम्बरको दिन डा. सर्वपल्ली राधाकृष्णको जन्मदिनको जसरी टिचर्स डेको रुपमा मान्नेगरेका छन् त्यसैगरी हिन्दू संस्कृतिमा गुरु पूर्णिमा उही तरिकाले मनाउने गरिएको हो । 

यस दिन बेदका संकलनकर्ता तथा पुराणका रचयिता कृष्णद्वैपायन महर्षि वेदव्यासका जन्मदिवसको दिनलाई गुरुपूर्णिमाको दिनको रुपमा मनाउने गरिएको छ । पुराणको रचयिता हुनेको कारणले यिनलाई प्रथम गुरुको रुपमा मानिएको हो र यिनकै जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मान्ने गरिएको हो । 

कृष्णद्वेपायन महर्षि वेदव्यास महाकाव्यको समेत रचनाकार मानिन्छन् । यिनलाई भगवान विष्णुका अंशावतार समेत मान्ने गरिएको छ । गीतामा श्रीकृष्णले भनेका समेत थिए कि मुनी भनेकै व्यास हुन् । यस्ता महाज्ञानी वेदव्यासको जन्मको कहानी नै रोचक रहेको छ । 

महर्षि परासर वर्षाैसम्म तपस्या गरेपछि नगरमा आए र त्यही बाटो नदीको पारी तर्नको लागि एउटा ढुंगामा बसे । यो ढुंगामा एकजना रुपवती कन्या मत्स्यगंगा पनि सयर गरिरहेकी थिईन् । नामको जस्तै ती माछाको शरीरमा माछाको गन्ध आईरहेको थियो । 

महर्षि परासरले जब ती कन्या देखे तब उनी आफैं कन्याप्रति आशक्त बन्न पुगे र भने कि तिमीलाई म एउटा पुत्र दिन चाहन्छु जो परमज्ञानी हुन्छ तथा तिमीलाई पनि उसकी आमा हुनेको कारणले सधैं भरी आर मिल्नेछ । 

ती कन्याले भनिन् कि म एक कुमारी हुँ यस अवस्थामा म कसैको आमा भन्नु उचित हुँदैन । मेरो शरीरमा माछाको गन्ध पनि आईरहेको छ त्यसैले म तपाईको पुत्र पाउन योग्य छैन । मत्स्यगन्धाको विवशता देखेर आफ्नो तपोवलले मत्स्यगन्धालाई सुगन्धित पारिदिए । 

तव महर्षिले भने यो पुत्रको जन्म दिएपछि पनि तिम्रो कौमार्य भंग हुनेछैन । त्यसपछि महर्षि परासर तथा मत्स्यगन्धाको मिलनपछि आषाढ पूर्णिमाको दिन वेदव्यासको जन्म भयो । उनी अल्पायूमा नै आमासँग आज्ञा लिएर तपस्याको लागि हिँडे । तिनै महर्षि वेदव्यासको जन्मदिनको सम्झनास्वरुप आषाढ पूर्णिमाको दिनलाई गुरु पूर्णिमाको रुपमा मान्ने गरिएको छ । 
 

नयाँ