arrow

‘एक घर दुई रुख’ रोप्ने नीति

logo
प्रकाशित २०७४ असार २६ सोमबार
kavre_-_distric-map.png

धुलिखेल । धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । 

यहाँ आइतबार आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । 

प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खाल एवम् कच्चा किसिमको निर्माण भएका पर्खाललाई भत्काउन लगाइने बताए । 

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक निर्माण कार्य अविलम्ब अगाडि बढाउन पहल गरिने बताउँदै उनले हाल साँगा भञ्ज्याङसम्म सेवा दिइरहेको साझा यातायातलाई धुलिखेलसम्म सेवा सञ्चालन गर्न आग्रह गर्ने र यसका लागि सहजरुपमा सवारी सञ्चालन अनुमतिपत्र तथा सहजरुपमा सेवा दिने वातावरण मिलाइने प्रस्तुत नीति तथा कार्यक्रममा रहेको जानकारी दिए । 

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समान्यीकरण अनुदानतर्फ रु १७ करोड २२ लाख तथा शर्त अनुदानतर्फ रु १२ करोड ९० लाख रहेको उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ