arrow

काँग्रेस नेतामाथि काँग्रेसी कार्यकर्ताकै आक्रमणको प्रयास

logo
प्रकाशित २०७४ असार २६ सोमबार
dhading_district_map.png

मलेखु । धादिङको नीलकण्ठ नगरपालिका ८ नं वडाका सदस्य रमेश कोइरालामाथि आइतबार वडा परिषद् चलिरहेको बेला आक्रमणको प्रयास भएको छ । 

परिषद् चलिरहेको बेला एक महिना अघि सोही वडाका नेपाली काँग्रेस कार्यकर्ता ठाकुर कुमाललाई उनकै कार्यकर्ताले आक्रमण गरी एउटा हात काटिदिएपछि अस्पतालबाट उपचार गरी फर्किएका कुमालले पुरानो विवादमा वडा सदस्यले अभियोग लागेकालाई संरक्षण गरेको भन्दै आक्रमणको प्रयास गरेका थिए । 

कुमाल समेतको आक्रमणबाट नीलकण्ठ–८ का कृष्ण ढुङ्गाना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजीयार थारुले बताए । 

कुमालले वडा परिषद भएको ठाउँमा आक्रमण गरेर एकजना घाइते भएपछि वडा परिषद्समेत स्थगित गरिएको बताउँदै वडा अध्यक्ष गुणबहादुर थपलियाले अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ