खोला तर्ने क्रममा काठे पुल भाँचिदा तीन किशोर खोलामा वगे
पहिरोले बिद्यालय र घर पनि बगायो
शैलेन्द्र रोकाया ।
प्रकाशित २०७४ असार २६ सोमबार
554
Shares
बझाङ । बझाङ काँडामा शनिवार विहान खोलाले बगाएर तीन जना किशोर बेपत्ता भएका छन् । काँडा गाँउपालीका २ मा रहेको धाँटखोलामा तर्ने क्रममा काठे पुल भाँचिएर काँडा गाँउपालिका २ धलौनका तीन जना बेपत्ता भएका हुन् ।
काँडा गाँउपालिका धलौन बस्ने १५ बर्षिया लोकेन्द्र बोहरा, १४ बर्षिया धिरेन्द्र बोहरा र १६ बर्षिया उज्वल बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिदीको घरबाट घर फर्कने क्रममा काँडा गाँउपालीका २ मा पर्ने घाँटखोलामा तर्ने क्रममा काठेपुल भाँचिएर तीन जना किशोर बेपत्ता भएका हुन् ।
खोलामा झोलुङ्गे पुल नहुँदा बर्षेनी यहाँका स्थानीय सर्व साधारण ब्यक्तीले अकालमा नै ज्यान गुमाउनु परेको स्थानीयले दुखेसो गरेका छन् । खोलामा परी बेपत्ता भएका तीनै जनाको स्थानीय र प्रहरी मिलेर खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बझाङ जिल्लाको सदरमुकाम चैनपुरको दक्षिणी क्षेत्रमा मात्र चार पाँच सयको दुरीमा झोलुङ्गे पुल निर्माण गरिएका भए पनि जिल्लाको सबै भन्दा दुर्गम ठाँउ तथा भौगोलिक हिसाबले सबैभन्दा ठुलो भुभाग ओगटेको काँडा गाँउपालीकाका धेरै खोलाहरुमा भने झोलुङ्गे पुल बन्न सकेका छैन् ।
काठेपुलको सहायतले नै मानिस ओहोर दोहोर तथा जोखीमपुर्ण यात्रा गर्नु परेको स्थानीय पिटर बोहराको भनाई छ । उनले भने ‘अहीले सम्म खोलाले बगाएर झण्डै २०/२५ जना व्यक्तिले ज्यान गुमाई सकेका छन्।’पुहँचको आधारमा सरकारले विकास निर्माणका कामहरु सञ्चालन गर्दा काँडा जस्ता बिकट गाँउहरुमा सड्क ,पूल, सिंचाई कूलाहरु खानेपानीका योजना समेत बन्न नसकेको काँडाबासीको गुनासो छ ।
काँडामा रहेका रामु खोला, श्यामु खोला लगाएतका दर्जनौ खोलाहरुका अहिले पनी काठे पुलको भरमा नै जोखीमपूर्ण यात्रा गर्नु परेको स्थानिय बसन्त बहादुर बोहराले बताए। उनले भने ‘बर्खाको सिजन घर भन्दा बाहीरी निस्कने वित्तीकै खोलाको बढी डर हुन्छ । ज्यान रहनेकी नरहने ? केही अत्तो पत्तो नै हुदैन।’
यसैबीच पाँच दिन देखि परेको अबिरल बर्षाका कारण आईतबार राती बुंगल नगरपालिका ६ स्थित एक बिद्यालय र घर पहिरोले बगाएको छ । बुगंल नगरपालिका ६ साबिकको पिलकोट गाबिसस्थित दुर्गा उमावि सिमाली, भवानी प्रावि दहना र स्थानिय अमर बिकको घर पहिरोले बगाएको हो ।
लगातार आएको बर्षासंगै दुर्गा उमाबि सिमालीको २२ कोठे पक्की भवन भवानी उमाविको तीनकोठे भवन पहिरोले पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानिय अमर बिकको घर समेत पहिरोले बगाएको छ भन्ने खबर आएको तथा प्रहरीलाई घटना स्थलमा खटाएको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले बताए। घटनाको एकिन बिबरण नआईसकेको बिद्यालयको भबन सहित करोडौको क्षती भएको उनले बताए।
दैबिक प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रजिअ केशब थापाले बिद्यालयको भवन बगेको छ भन्ने खबर आएकोले जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराई आबस्यक कारबाहीका लागी निर्देशन दिएको बताए।