arrow

नारायणगढ–मुग्लिन सडकखण्डको विजोग, पहिरो पन्छाउँदैमा सास्ती 

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा सोमबार राति खसेको पहिरो पन्छाएपछि मंगलबार बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो । 

राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए । यसले गर्दा सडकमा सवारीको चाप बढेको छ । 

आइतबार साँझदेखि रातको समयमा सो सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । 

सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको छ । 

यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । सोमबार राति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो ।

सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ । 

थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए । तीनवटा टिमले सात–सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ