सल्यानमा बस दुर्घटना, घाइतेलाई काठमाडौंमा ल्याउन खोज्दा हेलिकप्टर सन्धिखर्कमा
प्रकाशित २०७४ असार २७ मंगलबार
778
Shares
अर्घाखाँची । आइतबार बिहान सल्यानमा बस दुर्घटना भई गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण सन्धिखर्कमा अवतरण भएको छ ।
सल्यानको टुनिबोटमा बस दुर्घटना भई गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लैजानेक्रममा मौसम खराबीका कारण अर्घाखाँचीमा सोमबार आकस्मिक अवतरण गरी घाइतेलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
नेपाली सेनाको सबुज गण म्यालपोखरीमा हेलिकप्टर अवतरण भई घाइतेलाई सैनिक र प्रहरीको सहयोगमा सन्धिखर्क अस्पतालमा लगिएको हो ।
सन्धिखर्कमा उपचार हुन नसकेपछि गम्भीर घाइते तीन जनालाई सोमबार राति नै भैरहवा रिफर गरिएको र अन्य पाँचजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको समाजसेवी सहयोगी बिसीले बताए ।
मंगलबार मौसम सुधार भएमा घाइते सबैलाई हेलिकप्टरबाट काठमाडौँ लगिने प्रहरीले बताएको छ । हेलिकप्टर सेनाको ब्यारेकमा राखिएको छ । रासस