arrow

कसले लगायो जेसिज भवनमा आगो ? 

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
fire.jpeg

राजविराज । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा मंगलबार बिहान आगजनी भएको छ । 

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ । 

यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ