arrow

बाढीले झापाका २ सय ७७ घर जोखिममा

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
morang-badhi-kumud-,.jpg.jpeg

बनियानी (झापा) । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । 

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ । 

खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । 

त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिका ३ स्थित भैँसाबाडीका १२५ घर जोखिममा छन् भने मेचीनगर १५ हेल्दुबारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जनाएको छ । 

यसैबीच यही असार २४ गते हडिया खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक बालकको शव मेची नदीको किनारमा सोमबार फेला परेको छ । मेचीनगर–१५ का नरबहादुर लिम्बूका १२ वर्षीय छोरा निशानको शव दुई दिनपछि फेला परेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ