arrow

राजकुमारको शव भेटिएकै जङगलमा भेटियो घर्तीको शव

logo
प्रकाशित २०७४ असार २८ बुधबार
ranabahadur.jpg

दाङ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठसँगै अपरहणमा परेका घोराही हापुरका रणबहादुर घर्तीको शव फेला परेको छ ।

रणबहादुरको शव समेत श्रेष्ठकै शव भेटिएको ठाउँमा फेला परेको हो । सल्यान छत्रेश्वरी–४ झिम्पेको खर्सुगैरा जङगलमा बुधबार विहान घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।

घर्तीको शव खोजी गर्ने क्रममा घना जङगलको बीचमा ढुंगाको चेपमा सडेको अवस्थामा फेला परेको डिएसपी खत्रीले बताए ।
श्रेष्ठको हत्या हुनु डेढ घण्टा अघि मात्रै रणबहादुरको हत्या भएको अभियुक्तरुले बयान दिएका छन् । घटनाको मूख्य योजनाकारले मंगलबार मात्रै प्रहरीले सार्वजनिक गरेको थियो । त्यसपछि खोजीका लागि घटनास्थल पुगेको प्रहरी टोलीले घर्तीको शव घना जङगलको बीचमा ढुङ्गाको चेपमा फेला पारेको डिएसपी खत्रीले बताएका छन्  ।

श्रेष्ठ र घर्तीको अपरहणपछि हत्या गरिएको घटनाका मुख्य योजनाकारको बयानका आधारमा घर्तीको समेत जेठ २९ गते नै विभन्स हत्या भएको प्रहरीले जनाएको छ ।

जेठ २६ गते श्रेष्ठ र घर्ती एकै दिन सल्यानबाट अपहरणमा परेका थिए । त्यसको तीन दिन पछि २९ गते दुबै जनाको हत्या गरेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

तुलसीपुरका व्यापारी ६० वर्षीय राजकुमार श्रेष्ठको शव अपहरणको २१ दिनपछि फेला परेको थियो । श्रेष्ठको शव फेला परेको ठाउँदेखि झन्डै १ सय ५० मिटर मुनि घना जङगलको ढुंगाको बीचमा रनबहादुरको शव फेला परेको घटनास्थल पुगेको प्रहरी टोलीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ