arrow

तिनाउ खोलाले बगाएका बेपत्तामध्ये तीन मृत फेला

logo
प्रकाशित २०७४ असार २८ बुधबार
Palpa_District.png

पाल्पा । अम्ल्यानबाट गत आइतबार तिनाउ खोलाले बगाएर बेपत्ता भएकामध्ये तीन जनाको शव बुधबार फेला परेको छ ।फेला परेकामा माथागढे गाउँपालिकाका माया गाह, बगनतकाली गाउँपालिकाका पदमबहादुर कुँवर र तानसेन नगरपालिकाकी उषा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गाह र कुँवरको शव रुपन्देहीको मर्चवार र श्रेष्ठको शव पाल्पाको जोरधारास्थित तिनाउ खोला किनारमा फेला परेको पाल्पाका प्रहरी नायब उपरीक्षक रमेशराज पण्डितले जानकारी दिनुभयो । एक जना अझै बेपत्ता छन् ।

अम्ल्यानमा लु १ ज १७१२ नंको जिप आइतबार तिनाउ खोलाले बगाउँदा जिपसहित चार यात्रु बेपत्ता भएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ