arrow

बाढीपीडितलाई राहत वितरण

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
morang-badhi-kumud-,.jpg.jpeg

राजविराज  ।  सप्तरीको मोहुली खोलामा आएको बाढीबाट प्रभावित मैनाकरेडी, भेडिया र पोर्ताहा तथा खाडो खोलाको बाढीबाट प्रभावित रायपुरको पौवापिपराहीका ४०० पीडित परिवारलाई सैनिक श्रीमती सङ्घ (नेपाली सेना)ले राहत वितरण गरेको छ । 

मैनाकरेडी चोकमा बुधबार आयोजित राहत वितरण कार्यक्रममा सैनिक श्रीमती सङ्घले भेडिया र मैनाकरेडीका ३०० परिवारलाई प्रत्येक परिवार एकथान मण्डी, १० किलो पिठो, पाँच किलो दालसहित चिनी र नून तथा १० प्याकेटका दरले जीवनजल वितरण गरिएको नेपाली सेनाले जनाएको छ । 

यस्तै पोर्ताहा र पौवापिपराहीका एकसय परिवारलाई पनि राहत वितरण गरिएको छ । 
नेपाली सेनाको पूर्वी पृतनापति उपरथी प्रह्लाद थापा, सैनिक श्रीमती सङ्घकी सल्लाहकार शारदा थापा, सहायक बाहिनीपति भरतचन्द्र गुरुङ, सैनिक श्रीमती सङ्घका सदस्यहरु र कृष्ण दल गणका गणपति डम्बरबहादुर बोहोराले बाढीपीडितलाई राहत सामग्री वितरण गरेका थिए । 

त्यस्तै धर्मिहल्फा क्लबले बाढीका कारण विस्थापित सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ९ रघुनाथपुरका परिवारलाई राहत वितरण गरेको छ । धर्मिहल्फा महिला विकास क्लब लालापट्टिले हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोगमा राहतस्वरुप प्रत्येक परिवारलाई त्रिपाल एक थान, धोती दुई थान, साडी दुई थान, बेडसिट दुई थान, झुल दुई थान, टिसर्ट दुई थान, फ्राक तिन थान, भेस्ट चार थान, क्याप तीन थान, थाल पाँच थान, ग्लास पाँच थान, कराही एक थान, डेक्ची एक थान, पैन्यू एक थान, चामल च्युरा र मुरही (भुजा) लगायतका खाद्यान्न वितरण गरिएको बताइएको छ । 


संस्थाका अध्यक्ष एवम् समाजसेवी इन्जिनियर सूर्यनारायण यादव, कान्तिपुरकर्मी पत्रकार रामनारायण विश्वास, समाजसेवी दीपककुमार यादव, समाजसेविकाद्वय अमृता साह र नलिनी साहलगायतले राहत वितरण गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ