arrow

सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिनेः महानिर्देशक राई

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
birendra-bahadur-rai-doi.jpg

भक्तपुर। सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ आज आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उनले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गरे।

महानिर्देशक राईले अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमूलक हुनुपर्नेमा जोड दिँदै पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताको विकल्प नरहेको बताए। उनले खोज पत्रकारिताको विकाससँगै पत्रकारको सुरक्षा चुनौती पनि उत्तिकै रहेको छ भने।

सो अवसरमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीय विज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका विषयगत कार्यालय साउन १ गतेबाट कसरी सञ्चालनमा आउने भन्नेबारे अहिले पनि अन्योलता रहेको बताए।

महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले पत्रकारितामा रहेको अवसर र चुनौती रहेको चर्चा गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ