हेटौंडामा प्लटिङ शुल्कमा उल्लेख्य बृद्धि, पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ असार २९ बिहिबार
501
Shares
हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को अर्थ सम्बन्धि प्रस्ताब लाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको सो आर्थिक विधेयक पारित भएको हो ।
नगर प्रमुख हरिबाहादुर महत ज्यूको अध्यक्षतामा शुरु भएको सभा बैठक मा उप प्रमुख मिना कुमारी लामाले आर्थीक बर्षा २०७४ ÷ ०७५ को अर्थ सम्बन्धि प्रस्ताब लाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम सभा समक्ष पेश गरेकी थिईन । लामाले प्रस्तुत गरेको २०७४ ÷ ०७५ को आर्थीक बिधेयकमा नगरमा पक्की घर बनाउने कर वृद्धि हुनुका साथै महिलाले दर्ता गर्ने उद्योगमा विशेष छुट प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गरिएको छ ।
पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि गरेको छ भने कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम हुने भएमा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव गरेको छ ।
त्यसैगरी उपमहानगरपालिकाले हाल अभ्यासमा नआएका उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकुल प्रभाव पार्ने उद्योग, व्यवसाय, वातावरण प्रदूर्षण गर्ने खालका बस्तु सेवाको कारोबार गने व्यक्ति संघ संस्थालाई वातावरण प्रदूर्षण शुल्क लगाउने प्रस्ताव गरेको छ । महिला उद्यमीहरूले सञ्चालन गर्ने उद्योगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ ।
उपमहानगरपालिकाले प्रदान गरिने विभिन्न प्रकारका सेवामा साबिकदेखि लाग्दै आएको दस्तुर तथा सेवा शुल्क मध्य केहीमा सामान्य बृद्धि सहित प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गर्ने प्रस्ताव गरिएको छ । अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापा, बेगम बराल,जनरल श्रेष्ठ, रघुनाथ खुलाल, इन्द्र नेपाल र देवराज रिमालले आ–आफ्नो जिज्ञासा राखेका थिए भने उप प्रमुख मिना कुमारी लामाले सभा सदस्यबाट आएको जिज्ञासाहरुको सम्बोधन गरेकी थिइन ।