arrow

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
Killed.jpeg

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाँउ पालिका वडा नम्वर ४ का ४२ बर्षीय नेत्र चेम्जोङले आफ्नी ४० बर्षिय श्रीमति यसोधा राई चेम्जोङ को हत्या गरेका हुन् ।

श्रीमतीसँगै नजिकैको राँके बजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द ४ लिगिम्बा भन्ने ठाँउ श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन । 

घर फर्कँदै गर्दा श्रीमान श्रीमतीको बिबाद भएर हत्या भएको भनिए पनि कारण भने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोखरेलले जानकारी दिए ।

बाटोमा हिँडिरहेका स्थानीयले शव देखेर इलाका प्रहरी चौकी राँकेमा खबर गरेपछि खटेको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ