प्रेस युनियनका बाजुरा शाखा अध्यक्ष मल्लमाथि भएको आक्रमणको प्रेस युनियनद्धारा घोर भत्सर्ना
प्रकाशित २०७४ असार ३० शुक्रबार
469
Shares
काठमाडौं । बाजुराको सदरमुकाम मार्तडीबाट घर फर्किने क्रममा नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष एवं ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्कबहादुर मल्लमाथि विहिवार दिउँसो बुढीनन्दा नगरपालिकाको पोरखेको ओरालोमा केही अज्ञात व्यक्तीको समुहले गरेको सुनियोजित आक्रमणको नेपाल प्रेस युनियन भत्सर्ना गरेको छ ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा दोशीमाथि कडा कार्वाहीको माग गर्दै मल्लको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
घर जाने क्रममा रहेका मल्ललाई लखेटी लखेटी गरिएको सांघातिक आक्रमणमा टाउको र शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
मल्लसँगै रहेका बुढीनन्दा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही, सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, रुद्र मल्ल, मनलाल बडुवाल लगायतका बटुवालाई पनि अगांउँपानीको बाटोमा हिडिरहेको बेला कुटपिट हुँदा घाइते भएका छन् । मल्लको साथमै रहेका नारायण मल्ल सम्पर्कविहिन भएका छन् ।
आक्रमणमा परि घाइते भएका युनियन बाजुराका अध्यक्ष छक्क बहादुर मल्ल लगायत सबैको नेपाल प्रेस युनियनले शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
साथै आक्रमण पछि बेपत्ता पारिएका नारायण मल्लको खाजीकार्य तीब्र गर्न सबै सम्वन्धित कार्यालय र अधिकारीसँग युनियनले माग गरेको छ ।
आपराधिक उद्धेश्यका साथ भएको आक्रमणको घटनामा जोसुकै संलग्न भएपनि तत्काल छानविन गरि कार्वाहीको दायरामा ल्याउन युनियन स्थानिय वाजुरा प्रसासनसँग जोडदार माग गरेको छ।
स्थानिय तहको निर्वाचन पछि वाजुरामा देखिएको केहि गैरराजनीतिक प्रवृतीकै निरन्तरताको रुपमा यो घटना भएको पनि युनियनले ठहर गरेको छ ।
केही दिन अगाडि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देबेन्द्र नाथलाई ढुंगा प्रहार गरी आक्रमण गरेको घटनाका दोषीलाई कारवाही नहुँदै हप्तादिन पछि नै गरिएको आक्रमणका घटनाले बाजुराका पत्रकार, नागरिक, कर्मचारी सबैमा डरको मनोविज्ञान सिर्जना समेत गर्न खोजिएको छ।