कैलाली। हाम्राकुरा डटकमका वझाङ सहकर्मी शैलेन्द्र रोकायालाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिब तथा प्रेस युनियनका पार्सद समेत रहेका रोकायालाई शुक्रवार विहान मातृ शोक परेको हो ।
बझाङ घर भएर धनगढी उपमहानगरपालीका ७ बस्दै आउनु भएकी रोकायाकी आमा ६१ बर्षिया धिरु देवि रोकायाको शुक्रवार विहान निधन भएको हो ।
असार २८ गते विहान आफ्नो घरै अगाडी से ३ प ६२२२ नम्बरको मोटर साईकलले ठक्कर दिँदा गम्भिर घाईते हुनु भएकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा निधन भएको हो। उहाँको उपचार धनगढी अञ्चल अस्पतालमा हुन नसके पछि नेपालगंज रिफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभए पछि काठमाडौं ल्याउने क्रममा चितवन मुग्लीन नजीकै मृत्यु भएको हो । स्वर्गीय रोकायाको बाईकको ठक्करबाट दुबै खुट्टा र गर्धनमा गम्भीर चोट लागेको थियो।
स्वर्गीय रोकायाका पत्रकार शैलेन्द्र सहित ५ छोरा दुई छोरी र श्रीमान हुनुहुन्छ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली स्वर्गीय रोकायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार शैलन्द्र रोकाया सहित शोकसन्तप्त सम्पूर्ण रोकाया परिवारमा युनियन समवेदना व्यक्त गरेका छन्।