arrow

सुदूरका बस्ती झिलिमिली, सकिँदै 'दियालो युग' 

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
diyalo.jpg

बाजुरा । जुड्डी खोला लघुजलविद्युत आयोजनाबाट बाजुराका चौविस सय घरपरिवार लाम्भािवत भएका छन्। स्थानीयको लामो परिश्रमका कारण विहिवारवाट दुईसय किलोवाट जलविद्युत उत्पादन भएपछि बाजुराका दूर्गम बस्ती विजुलीको उज्यालोबाट झिलिमिली हुनेभएका छन् । 

उक्त आयोजनाबाट साविका चार गाविस गोत्री, जगन्नाथ वाई र जुकोटका सबै घर  पविारलाई विद्युत सेवा उपलब्ध गराउने उद्येश्यले सो आयोजनाको निर्माण गरेको आयोजनाका अध्यक्ष मनलाल खत्रीले बताएका छन् । १२ करोड रुपैंयाको लागतमा सम्पन्न उक्त आयोजना निर्माण गर्न बैकल्पीक उर्जा वाट पाँचकरोड १० लाख रुपैंयाँ र  बांकी साविकका चार गाविसको अनुदान सहयोग, सांसद विकास कोष, तत्कालिन जिल्ला विकास समिति र स्थानीय जनश्रमदानमा बिद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजनाका सदस्य कर्णसिंह कठायतले बताए । 

विहिवार दिउसो गोत्रीको जुड्रडीखोला स्थित पावरहाउसमा विद्युत परिक्षण गर्दा २०० किलोवाट विद्युत उत्पान भएपछि बाजुराका दुरवस्ती पनि अब उज्यालो पाउने आसा पलाएको स्थानीय शिक्षक समराज  विदुष्टले खुशी ब्यक्त गरे । झरो, दियालो र टुक्कीको भरमा रातकाट्न बाध्यभएका स्थानीयकै सक्रियता तथा चालिस प्रतिशत बढि जनश्रमदातनबाट बिजुली बत्ती बाल्न सफल भएको स्थानीय उपभोक्ताले वताए । 

गाउँ गाउँमा विद्युत लाईन विस्तार भईसकेकाछन् पावर परिक्षण भएको  केही हप्तामा विद्युत लाईन वितरण गर्ने वताईएको छ । अधिकतम स्थानीयको जनश्रमदानवाट उत्पादित विजुलीको प्रति बल्व मासिक कति रुपैंयाँ लिने त्योपनि स्थानीय उपभोक्ताको आमसहमतिवाटै विद्युत महसुल शुल्क निर्धाण गर्ने आयोजनाका सचिव जगत भण्डारीले बताए । 

उक्त आयोजना बाजुराको ग्रामीण भेगको सबै भन्दा ठूलो आयोजना भएकोले स्थानीयले घरमा बत्ती मात्र बाल्ने छैनन् स साना कुटिर उद्योग, कुखुराफारम जडीबुटी प्रसोधन, मसला उद्योग लगायतका स साना उद्योग सञ्चालन गरी स्थानीयको आयआर्जनमा पनि वृद्धि ल्याउन सकिने जिल्ला उर्जा तथा वातावरण शाखाका प्रमुख ईन्जिनीयर तालवहादुर रावतले बताए ।

जिल्लामा हालसम्म करिब चौध सय किलोवाटवाट बिजुली बत्तीले १५ हजार घरधुरीमा उज्यालो थियो । थप दुईसय किलोवाट विद्युत उत्पादन हुँदा १७ हजार घरपरिवार लाभाम्वित हुनेछन्। करिव सात हजार घरधुरी अझै विजुली बत्तीको उज्यालोवाट बञ्चित छन् । बाजुराका बस्ती बस्तीमा विजुली पु¥याउन तिन मेगावाट विदुतको आवश्यकता रहेको उर्जाविकास शाखा प्रमुख रावतले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ