arrow

राप्रपालाई एकलौटी गर्ने र रोक्नेमा थापा र राणाको होडवाजी

logo
प्रकाशित २०७४ असार ३० शुक्रबार
rpp.JPG.jpeg

काठमाडौँ। सरकारको विस्तारमा सहभागि हुने नहुनेमा विचाराधिन अवस्थामा रहेको राष्ट्रिय प्रजात्नत्र पार्टीका नेताहरुबीच पार्टीलाई एकलौटी बनाउने होडवाजी फेरि चलेको छ। राप्रपाको केन्द्रीय समितिको वैठकको केहि दिन अघी अध्यक्ष कमल थापा र नेता पशुपति शमशेर राणाबीचको विवाद सतहमा आएको छ।  

 राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी नेतृत्वले प्रजातान्त्रिक व्यवहारलाई अवलम्बन नगरेमा पार्टी एकतामा चुनौती रहने औँल्याएका छन्। काठमाडौंमा एक कार्यकर्ता भेलामा उनले पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाइएका अवस्थामा अध्यक्षले एकपक्षीय रुपमा केन्द्रीय सदस्य मनोनयन गरेकामा त्यसलाई सच्याउन माग गरे। 

मुलुकमा विद्यमान समस्या समाधान गरी मधेस केन्द्रित दललाई सहमति र विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव परिमार्जन भएपछि त्यसको पक्षमा रहने निर्णय पार्टीले गरिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिए। 

पार्टीको एकता महाधिवेशन सम्पन्न भएको चार महिनासम्म निर्देशक समिति गठन गर्न नसकेका कारण आन्तरिक विवाद चुलिएको छ । पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ