arrow

रमणले राजीनामा नदिँदै महान्यायाधिवक्ता बन्न काँग्रेस निकट वकिलहरुको दौडधुप

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
dla.jpg

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले महान्यायाधिवक्तामा नियुक्त गरेका रमण क्षेष्ठले पदबाट राजीनामा नदिए पनि कांग्रेस निकट वकिलहरुबीच महान्यायाधिवक्ता बन्नका लागि दौडधुप सुरु भएको छ ।

 कांग्रेस निकट कानून व्यवसायीहरुको छाता संगठन डेमोक्रयाटिक लयर्स एसोसिएसन ( डिएलए )मा आबद्ध वकिलहरु श्रेष्ठले पद नछाडेपछि रुष्ट बनेका छन् ।

 सरकार विघटन भएपछि सोही सरकारले नियुक्ति गरेको महान्यायाधीवक्ताले नैतिकताको आधारमा स्वत राजीनामा दिने प्रचलन रहे पनि श्रेष्ठले राजीनामा नदिई पद ओगटेर बसेपछि उनको चर्को आलोचना हुन थालेको छ ।डिएलएमा आबद्ध कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई श्रेष्ठलाई महान्यायाधिवक्ताबाट हटाउन दबाब दिएका छन् ।

 डिएलएबाट महान्यायाधिवक्ता बन्नका लागि नेपाल बारका महासचिव खम्बबहादुर खाती, केदार कार्की, माधव बास्कोटा,प्रेमबहादुर खड्का, यदुनाथ खनाल, बाबुराजा जोशी, बद्रीबहादुर कार्की लगायत दौडधुपमा लागेको चर्चा छ ।   

त्यसमध्ये देउवाका विश्वासपात्र खाती बार महासचिव भएकाले भोलि बारको चुनावमा संगठनमा घाटा हुने र महासचिवको टिकट लिँदा त्यसबेलामा मुख्य दाबेदार केदार कार्कीलाई अन्य पदमा सहयोग गर्छु भन्ने बचन दिएकाले उनको पक्षमा छन् ।डिएलएले पनि देउवा निकटका वकिल केदार कार्कीलाई महान्यायाधीवक्तामा अघि सार्ने तयारी गरेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ