१५ एसएसपी डिआइजी बढुवाका लागि सिफारिस, सर्वेन्द्र खनाल पहिलो नम्बरमा
रमेश खरेललाई ०.६२ अंकले पछि पारे सर्वेन्द्र खनालले
प्रकाशित २०७४ असार ३१ शनिबार
430
Shares
काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा सूचीको पहिलाे नम्बरमा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल परेका छन् । दोश्रो नम्बरमा एसएसपी प्रहरी प्रधान कार्यालय युएन शाखामा रहेका रमेश खरेल छन् । खनालले खरेललाई कार्यसम्पादन मूल्याङ्कनमा ०.६२ ले पछि पारेका हुन् । खरेलले ८३.८५ ल्याउँदा खनालले ८४.४७ अंक ल्याएका छन् ।
डिअाइजी बढुवामा कार्यसम्पादन मूल्याङ्कन महत्वपूर्ण मानिन्छ । प्रहरी ऐन नियमावली अनुसार डिआइजी बढुवाका लागि कार्यसम्पादन मुल्याङ्कनको पोइन्ट–पोइन्टले फरक पार्दछ ।
यस्तै, बढुवा सिफारिसकाे तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाचौँमा भोगबहादुर थापा, छैठौँमा पुष्कल रेग्मी, सातौँमा पवन खरेल, आठौँमा छविलाल जोशी, नवौँमा मनोज न्यौपाने, १०औँमा ज्ञान विक्रम शाह परेका छन् । यसैगरी, ११औँ नम्बरमा ठूले राई, १२औँमा शरद चन्द, १३औँमा धिरु बस्नेत, १४औँमा पुष्पचन्द्र रञ्जित र १५औँमा सुरेश विक्रम शाह गरी १५ जना बढुवा समितिले सिफारिस गरेकाे सूचीमा अटाएका छन् ।