काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपाल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राजपाले नयाँ संविधान अनुसार बनेको निर्वाचन ऐन, कानुन अनुसार निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।
पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा सहभागि नभएको राजपाले असार १४ को दोस्रो चरणको चुनावपछि दल दर्ता प्रक्रिया थालेको थियो । असार १४ मा हुने भनिएको प्रदेश २ को निर्वाचन असोज २ लाई सारिएपछि राजपाले अहिले दल दर्ता गराएको हो ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले राजपा र साझा पार्टीलाई दर्ता गर्ने निर्णय गरेपछि नेताहरु खुशी भएक छन् । यद्यपि, राजपाले छाता चुनाव चिन्ह मागेकाले त्यस विषयमा निर्णय भइनसकेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताए । राजपाको विधानमा भएको केही शब्दावली नयाँ संविधान र निर्वाचन ऐन कानुनसँग मेल नखाएको भन्दै आयोगले संशोधन गर्न लगाएको थियो ।