arrow

अन्तर सरकारी निकायबीच समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन, काठमाडौंको समस्याबारे मुख्य चासो

logo
प्रकाशित २०७४ साउन १ आइतबार
pm_bhetghat.JPG

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आईतबार प्रधानमन्त्री कार्यालमा सचिवहरुलाई बोलाएर समसामयिक घटनाक्रममा केन्द्रीत रहेर निर्देशन दिएका छन् । विभिन्न विषयगत मन्त्रालयका सचिवहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले विकासको काममा सरोकारवाला मन्त्रालयहरुबीच समेत समन्वय नहुँदा विकासले गति लिन नसकेको र त्यसकै कारणले जनताले सधैं सास्ती पाउने गरेको बताउँदै सम्बन्धित सबै सरकारी निकायहरुबीच समन्वय गरेर जनतालार्इ महशुस हुनेगरी काम गर्न निर्देशन दिएको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री देउवाले कुनैपनि काम गर्दा देखापरेका जटिलताहरुलाई मन्त्रालयले सल्टाउन नसके मन्त्रिपरिषद्मा पठाउन आग्रह गर्दै त्यस्ता जटिलताहरु सम्भवभएसम्म मन्त्रिपरिषद्बाट सुल्झाउने आश्वासन पनि दिएका छन् । अदालतमा विचाराधीन रहेका मुद्दाहरु छिटोभन्दा छिटो सल्टाउन मन्त्रालयले आफ्नो तर्फबाट पहल गर्नुपर्नेतर्फ जोड दिँदै प्रधानमन्त्री देउवाले कुनै पनि बाहानामा अब काममा ढिलाई हुन नहुने तर्फ सबैलाई सचेत गराएका थिए । 

विशेषगरी काठमाडौंमा देखिएका धुलो धुवाँ, खानेपानी र ढलका समस्याहरुको बारेमा पनि प्रधानमन्त्री देउवाले सरोकारवाला मन्त्रालयहरुलाई निर्देशन दिएका थिए । उनले खानेपानी तथा ढल व्यवस्थापनमा निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने मन्त्रालयको प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन् । 

विशेषगरी देउवाले एउटा निकायले बाटो बनाउने र अर्को निकायले तत्कालै सो बाटो भत्काउने गरेको तर्फ इङ्कित गरी यस्ता कामहरुमा समन्वय गरेर अघि बढ्न सम्बन्धित विषयगत मन्त्रालयलाई निर्देशन दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ