arrow

दश अर्ब भ्रष्टाचार अभियोगमा  शर्माविरुद्ध मुद्दा

logo
प्रकाशित २०७४ साउन १ आइतबार
Chudamani-Sharma1.jpg

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध रु दश अर्ब दुई करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

कर निर्धारण गर्दा अनियमितता गरेको आरोपमा आयोगले महानिर्देशक शर्मासहित कर फछ्र्योट आयोगका सदस्य लुम्बध्वज महत र उमेश ढकालविरुद्ध रु १० अर्ब दुई करोड १९ लाख एक हजार ८४२ बिगोसहितको मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए । 

आयोगले गत असार २९ गते तीन जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । आयोगको इतिहासमै यो सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । शर्मा अहिले पनि आयोगको हिरासतमा छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ