arrow

अव हर्न बज्दैन तुलसीपुरमा

logo
प्रकाशित २०७४ साउन १ आइतबार
tulsipur-umedwar.jpg

दाङ। तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आज सम्पन्न सर्वपक्षिय छलफल कार्यक्रमले बजारक्षेत्रलाई कोलाहल न्युनिकरण गरी ध्वनी प्रदूषण कम गर्न यहि साउन ११गते देखी लागु हुने गरि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

तुलसीपुर बजार क्षेत्रमा स्थापित उद्योगी, व्यवसायी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, नागरिक समाज, पत्रकार लगायतको उपस्थीतीमा भएको छलफलले बजार क्षेत्रमा अव्यवस्थीत तवरले राखिने मोटरसाईकल र अटोरिक्सा पार्किंङको व्यवस्थापन गर्न साउन २ गते सोमबार ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा स्थलगत निरिक्षण गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको छ ।
 
त्यसैगरी छलफलले बजारक्षेत्रमा बिहानको अफीस समयमा हुने सवारी आवागमनको चापलाई थप व्यवस्थीत गर्न बजार क्षेत्रमा हुदै आएको मालवहाक गाडी लोड अनलोडको निश्चित समय निर्धारण समेत गरेको छ । जसअनुसार साउन ११ गते देखी लागु हुने गरी विहान ९ बजेदेखी ११ बजे सम्म कुनै पनि मालवहाक गाडी लोडअनलोड गर्न नपाउने निर्णय गरेको वडा अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका सचिव विनिल केसी, संघका पुर्व उपाध्यक्ष विजय केसी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देवबहादुर खत्री, राप्ति अञ्चल ट्रक यातायात व्यवसायी समितिका कार्यालय सचिव उमेशचन्द्र मजगैया, अम्विकेश्वरी सार्वजनिक यातायात समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेत, तुलसीपुर जिप तथा माइक्रो वस समितिका अध्यक्ष पवनराज बुढाथोकी, मालिका कालिका यातायात प्रालिका अध्यक्ष अरुण श्रेष्ठ,राप्ति अञ्चल सार्वजनिक वस व्यवसायी समितिका शाखा अधिकृत सिताराम शर्मा, समितिका सदस्य रञ्जन कुमार गौतम, व्यवसायी जनक रावत, वडा सचिव संजय कुमार गुप्ता, मित्रमणी भण्डारी लगाएतकाले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ