arrow

काठमाडौंका मेयरलाई विवेकशीलको ज्ञापन पत्र

logo
प्रकाशित २०७४ साउन १ आइतबार
bibekshil-ktm.jpg

काठमाडौं ।  विवेकशील नेपाली दलले आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएको छ ।दलले काठमाडौँको सडक तथा ढल व्यवस्थापनमा भएको कमजोरीले नागरिकको जीवन अस्तव्यस्त बनेको र कतिपय ठाउँमा ज्यान जोखिममा परेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।  मेयर विद्या सुन्दर शाक्य नगरसभामा गएकाले दलले महानगरको सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

विवेकशीलले विज्ञाप्तिमा वर्षातको समयमा काठमाडौंको विभिन्न स्थानमा पानी जम्ने र आहाल हुने समस्या हुँदै आएको छ । त्यसमाथि काठमाडौं महानगरपालिका भित्र मेलम्ची र सडक विस्तारका क्रममा भएका कार्यहरु काम पश्चात अव्यवस्थित रहेका कैयौं स्थानहरु छन्।  अझ गत शुक्रबार सामाखुसीमा एउटी बालिका ढलको नालीमा पसेर बगाएको घटनाको भिडियो पनि सामाजिक संजालमा छाएको थियो । यस्तो घटनालाई महानगरपालिकाले गम्भीरता पुर्वक लियोस् भन्दै दलले ध्यानाकर्षण गरेको छ । दैनिक रुपमा प्रयोग गरिने सडकहरु त्यसमाथि देशकै राजधानी जस्तो ठाउँ हिंडडुलका लागि असुरक्षित हुनु र ज्यानै जाने गरिको घटना घट्नु अत्यन्त दुखद र लापरवाहीको उपज हो भनेको छ ।  

साथै विवेकशीलले घटनाका कारक वा गैरजिम्मवारपुर्वक आफ्नो काम निप्ट्याउने ठेकेदार तथा इन्जिनियरलाई पनि अविलम्ब कारवाहीको दायरामा ल्याउन माग गरेको छ । विवेकशीलले भविष्यमा यस्ता दुखद घटना नदोहोरिन दिन महानगरले विशेष चासोका साथ काम गर्न र समयमै सम्पूर्ण सडक विस्तार, ढल व्यस्थापनका कामलाई सम्पन्न र मर्मत सम्भार गर्न आग्रह समेत गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ