arrow

नेपाल, चीनका कन्टेनर आवतजावत बन्द, खुलाउने प्रयास जारी 

logo
प्रकाशित २०७४ साउन २ सोमबार
nepal-china-flag.jpeg

रसुवा । पासाङलामु राजमार्गको धुञ्चे नजिक त्रिशूली नदी छेउमा आधा सडक भासिएपछि आइतबार अपराह्नदेखि मालबाहक सवारीसाधन आवतजावत बन्द भएको छ । 

ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार उक्त सडक गत असार १४ गतेदेखि भासिने क्रम शुरु भएको र समयमा मर्मत हुन नसक्दा अपराह्नदेखि नेपाल–चीनबीचको व्यावसायिक सामान ढुवानी गर्ने कन्टेनर आवतजावत बन्द भएको हो । 

करिब दश मिटर लम्बाइ सडकको भाग क्षति भएको र ग्याबिन वालद्वारा सडक यथास्थानमा ल्याई ठूला सवारीसाधन सञ्चालन गराउन सल्लाह दिइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सडक खुलाउने आवश्यक उपकरण पठाइ दिन सडक कार्यालयमार्फत आग्रह गरिसकेको बताए । 

सडक क्षति भएको स्थानका भूभाग कमजोर भएका कारण वर्षायाममा ग्याबिन लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गरी मालबाहक ट्रक खुलाउने कार्ययोजना बनाइसकेको र आवश्यक उपकरण भोलिसम्ममा धुञ्चे पुग्ने रसुवा सडक हेर्ने डिभिजन सडक कार्यालय, नुवाकोटका डिभिजन प्रमुख रोहितकुमार विसुरालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ