काठमाडौं । विवेकशील नेपाली दलले सोमबार तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वोर बोहरालाई ज्ञापन पत्र बुझाएको छ । दलले गत शुक्रबार अव्यवस्थित सडक र ढलका कारण नेपालटारमा एउटी बालिका ढलको नालीमा पसेपछि बगाएर ज्यानै गएको र यस्ता घटनालाई गम्भीरता पुर्वक लियोस् भन्दै बोहरालाई ज्ञापन पत्र बुझाएको हो ।
विवेकशील नेपाली दलले सोमबार विज्ञाप्ति जारि गर्दै 'जनप्रतिनिधि भनेको नागरिकको अभिभावक सरह हुन् र उनिहरुले नै यस्तो घटनालाई गम्भीरतापुर्वक नलिंदा भोलिका दिनमा फेरी यस्तो घटना दोहोरिदैन भन्न सकिन्न । तसर्थ बर्खा महिनामा पानी परिरहने हुनाले ढल ब्यवास्थापन, सडक बिस्तार जस्ता कामलाइ प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न वा असुरक्षित नहुने गरि व्यवस्थित गर्न आग्रह गर्दछौ' भनेको छ ।
दलले देशकै राजधानी जस्तो ठाउँमा सडकमा सवारी चलाउन तथा हिंडडुल गर्न असुरक्षित हुनु अत्यन्त दु:खद र लापर्वाही हो भन्ने हाम्रो ठहर गरेको छ । साथै यस्तो विषयमा सरकारले ध्यान पुर्याउन अत्यन्त जरुरि रहेको जनाएको छ l