arrow

पाल्पामा सम्बन्ध विच्छेद बढ्दो 

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
Palpa_District.png

पाल्पा। पाल्पा जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। गएको वर्षमा जस्तै सम्बन्ध विच्छेद गर्ने दम्पतीको सङख्यामा यस वर्ष पनि वृद्धि भएको छ। आफु बाट भएका गल्तीमा आत्मालोचना गर्न नसक्दा पति —पत्नी बिच असमझदारी बढ्दै जादाँ सम्वन्ध विच्छेद बढ्दै गएको हो।

गत आर्थिक वर्ष २०७३-०७४ मा १ सय २० थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ९२ थान मुद्धाको फस्र्यौट भईसकेको र बाकीँ २८ वटा मुद्धा फस्र्यौट हुन सकेका छैनन्। गत आर्थिक वर्षमा फस्र्यौट भएका धेरै मुद्धा सम्बन्ध विच्छेदका रहेको न्यायधिस भरतमणी खनालले बताए।

विशेष गरि १८ —२५ वर्ष उमेर समूहका युवायुवती सम्वन्ध विच्छेद गर्न आउने गरेको पाईन्छ। सम्वन्ध विच्छेद गरि पाउँ भनि निवेदन दिनेमा सामान्य घरायसी झगडा गर्ने देखि वैदेशिक रोजगारीबाट फर्केका समेत आउने गरेका छन्। अदालतमा परेका मुद्धा मध्ये अधिकांश सम्बन्ध विच्छेदका छन्। कम उमेरमा प्रेम विवाह गर्ने, श्रीमान् विदेशीने र घरेलु हिंसा लगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढेको न्यायधिस खनालले बताए। 

विदेश गएर भर्के पछि दुई जना विच व्यवहारीक जीवनमा घरायसी समस्याले विवाद उत्पन्न भएपछि सम्बन्ध विच्छेद रोज्ने गरेको पाईन्छ। अन्र्तरजातिय विवाह पनि सम्बन्ध विच्छेदको कारक तत्व बनेको छ। जिल्लामा अधिकांश मुद्धा बैदेशीक रोजगारमा गएका श्रीमान् र सहरमा बसेकी श्रीमती बिच आउने गरेको श्रेस्तेदार सूवर्ण खनालले बताए। 

उनका अनुसार जिल्लामा मेलमिलापको निति अनुरुप ३१ थान मुद्धा मेलमिलाप गराई पठाईएको बताए। अदालतमा वैतनिक वकिलले अन्यायमा परेका गरिव, विपन्न ,साहारा विहिनहरुको मुद्धामा निशुल्क वहस पैरवी गर्ने व्यवस्था रहेको पनि खनालले जानकारी दिए। 

कम उमेरमा विवाह, पारिवारिक अनमेल ,सामान्य झैझगडा लगायतका कारण सम्बन्ध विच्छेदका घटना भए पनि पछिल्लो समय वैदेशिक रोजगारीका कारण सम्बन्ध विच्छेद गर्नेको सङख्या बढेको अधिवक्ता शिव प्रसाद देवकोटाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ