पालुङ् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ खानीगाँउमा बस दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दूर्घटनामा २ दर्जन भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिकाकी कमला दोङको रहेको र एकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ ।
थाहा नगरबाट काडमाण्डौँ जाँदै गरेको ना ४ ख ४५६७ को बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर खसी दूर्घटना भएको हो । घटनामा घाइते भएकाहरुलाई उपचारकालागि काठमाण्डौ पठाईएको र घटनाको अनुसन्धान भईरहेको पालुङ् पं्रहरीले जनाएको छ ।