राजिनामा दिएका हेम भण्डारीले प्रचण्डलाई किन बुझाए ४ बुँदे ?
‘जो काठमाडौँ मै हुँदा पनि सचिवालय बैठकमा छिरेनन्’
प्रकाशित २०७४ साउन ३ मंगलबार
697
Shares
काठमाडौं । सचिवालयको बैठकमा केन्द्रीय समिति विघटनको स्वर चर्किरहेका बेला माओवादी केन्द्रका एक जिल्ला नेताले पार्टी अध्यक्षलाई लिखित रुपमै सुझाएका छन् ।
धनकुटा जिल्लाका इन्चार्ज हेमराज भण्डारी केन्द्रीय कार्यालयमा जारी बैठकमा गएनन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टै भेटेर आफ्नो लिखित सुझाव बुझाए ।
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि नैतिकताका आधारमा राजिनामा दिएका इन्चार्ज हेमराज भण्डारी सचिवालय बैठकमा समेत सहभागि भएनन् ।
हाम्राकुरासँग उनले भने, ‘मैले राजिनामा दिएको थिए । त्यो विषय नटुंगिन्जेलसम्म बैठकमा जान उचिठ ठानिँन । अध्यक्षलाई छुट्टै भेटेर लिखित सुझाव दिए ।’ मेरो सुझावले संगठनभित्रको आन्तरिक सुधारका लागि केही न केही काम गर्ने छ ।
सचिवालय बैठकमा जिल्लाका सबै ईन्चार्जहरुलाई आमन्त्रितका रुपमा बोलाइएको छ । हुन त म पनि काठमाँडौँ मै छुँ । तर, नैतिकताको आधारमा मै बैठकम बसेको छैन, उनले भने । पार्टीको सांगठनिक संरचना सुधार अहिलेको पहिलो आवश्यकता भएको भन्दै उनले आफुले पार्टीको अनुहार फेर्न सुझाव दिएको बताएका छन् ।
जिल्ला ईन्चार्जहरुले संगठन, श्रोत साधनको अभाव र आर्थिक परिचालन सन्तुलित ढंगले गर्न नसकेकै कारण पार्टीले स्थानीय तहमा हार व्यहोर्नु परेको विवरण पेश गरेका छन् । यद्यपि, उनले अरुभन्दा फरक ढंगले सुझाव दिएका छन् । उनले पार्टी अध्यक्ष दाहाललाई मूख्य चार शीर्षक रहेको खाका नै बुझाएका छन् ।
मूल चार बुँदाभित्र उनले अन्य मसिना बुँदाहरु समेत राखेका छन् । उनले निर्वाचन समीक्षा र पराजयका कारण पहिलो मूल बुँदाभित्र १७ वटा मसिना बुँदा राखेर विवरण खुलाएका छन् ।
यस्तै, तत्काल पार्टीले गर्नु पर्ने वैचारिक र राजनीतिक काम दोस्रो मूल बुँदाभित्र उनले पाँच वटा मसिना बुँदा राखेका छन् ।
संगठनात्मक क्षेत्रमा तत्काल गर्नु पर्ने काम मूल बुँदामा पनि उनले पाँच वटा मसिना बुँदा राखेका छन् । यस्तै, चोथो तथा अन्तिम संघर्ष, स्थानीय तहको परिचालन र आगामी निर्वाचनको तयारीका लागि पार्टीले गर्नु पर्ने काम मूल बुँदामा पनि उनले विभिन्न बुदाँहरु राखेका छन् ।
‘निर्वाचन समीक्षा र पराजयका कारण’ पहिलो मूल बुँदाभित्र भण्डारीले लिखित रुपमै १७ वटा बुँदा पराजयका कारणका रुपमा पेश गरेका छन् ।
–गुटबन्दी र स्वार्थ समुहको झुण्ड पाटीभित्र रुखको टुप्पोमा बसेर फेद गिड्ने आधुनिक कालिदास प्रवृति ।
–पाटीीभत्र साधनश्रोतको बाँडफाँड, आर्थिक परिचालन नीति सन्तुलित पारदर्शी र न्यायचित नहुनु ।
–चुनावी अनुभव कमजोर हुनु, संसदीय चलखेल सामदाम दण्डभेद नीतिलाई प्रयोग गर्न नसक्नु ।
–एमालेको माओवादीप्रतिको आक्रामक रणनीतिलाई बुझ्न नसक्नु ।
–राष्ट्रियताको विषयमा एमालेले ‘इमोस्नल ब्ल्याकमेल’ गरेको कुरा जनतामाझ प्रष्ट पार्न नसक्नु ।
–कार्यकर्ता व्यवस्थपन अभावको कारणले आफ्नै कार्यकर्ता आर्थिक प्रलोभनमा पर्नु ।
–पार्टी संगठन भद्रगोल हुनु ।
–उम्मेदवारी दिदा नै पैसा र साधनश्रोत भएकालाई प्राथमिकता दिइरहेको, आधारभुत वर्गका कार्यकर्ताको मनोवल गिर्नु ।
– ठुला र प्रभावकारी नेता र मन्त्री भएका ठाउँमा बढी खर्च, साधन श्रोत पुग्ने तर अन्यत्र ‘आकाशको फल आँखातरी मर’को हालत हुनु ।