काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बिरामी परेका छन् । उनको मुटुमा समस्या आएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई नियमित परीक्षणका लागि नर्भिकमा लगिएको हो । तर नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही समस्या देखिएको उनी निकट स्रोतले बताएको छ ।
निर्मल निवासले आत्तिनु पर्ने कुनै कारण नभएकोसमेत बताएको छ । निवासले भर्ना नै भएको भनी आएको समाचारमा सत्यता नभएकोसमेत स्पष्ट पारेको छ ।