arrow

बुद्धभुमिबाट नागरिकता सिफारिस अव निशुल्क

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ साउन ४ बुधबार
nagarikta.png

कपिलवस्तु ।  बुद्धभुमि नगरपालिकाले अव नागरिकताको प्रमाणपत्र सिफारिस गर्दा जनतावाट केही पनि शुल्क नलिने निर्णय गरेको छ । बुद्धभुमि नगरपालिकाको नगर कार्यपालिकाको प्रथम बैठकवाट यस्तो निर्णय गरिएको हो । सवै वडा वाट निशुल्क रुपमा नागरिकताको प्रमाणपत्र सिफारिसमा पैसा नलिने निर्णय गरेको मेयर  केशव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।  आम नागरिकको नागरिता लिने अधिकार भएकोले त्यसमा अव नगरपालिकाले शुल्क नलिने र कुनै पनि झन्झट नदिइ जनतालाई सिफारिस दिने श्रेष्ठले बताए ।

त्यस्तै नगरपालिकालाई वालमैत्री नगर वनाउनको लागी यसै आर्थिक वर्ष वाट सवै वडाहरुमा वालमैत्री स्थानीय शासन सम्वन्धी कामहरु सूचारु गर्ने निर्णय समेत वैठकले गरेको छ । त्यस्तै शत प्रतिशत विद्यार्थी भर्ना गराई पुर्ण भर्ना युक्त नगर वनाउनको लागी समेत पहल गर्ने र कार्यान्वयन गर्ने नगरपालिकाले निर्णय गरेको छ । साथै नगरपालिकाको राजश्व समायोजन, तालतलौयाको ठेक्का व्यवस्थापन, हाटवजार ठेक्का व्यवस्थापन, बैकिक कारोवार सहज वनाउने  जस्ता काम तत्काल गर्ने निर्णय समेत गरिएको छ । साथै नगरपालिकामा आउने कर्मचारीहरुलाई काम गर्ने वातावरण्को व्यवस्था गर्ने समेत निर्णय गरेको उप मेयर मिरा थारुले बताइन् ।

त्यस्तै नगरपालिका सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र दमकलको व्यवस्थापन गर्नको लागी सम्वन्धीत निकायमा पत्राचार गर्ने निर्णय समेत गरिएको छ । साथै तत्काल नगर परिषद दगर्नको लागी तयारी गर्ने समेत निर्णय भएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाको काम कारवाहिमा छिटो छरितो गर्नका लागि जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नु पर्ने धारणा वैठकमा राखिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ